काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म २७७७ मतगणना सकिएको छ।
यो गणनामा देउवाले ४७.४६ प्रतिशत* मत पाएका छन्। देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५० प्रतिशतभन्दा बढी मत पुर्याउनुपर्छ।
कसले कति मत पाए?
- शेरबहादुर देउवा : १३१८
- शेखर कोइराला : १०२३
- मतगणनाः २७७७