राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीमध्ये हालसम्म सभापतिसहित ५ जना निर्वाचित भएका छन्।
सभापतिमा शेरबादुर देउवा दोस्रो पटकमा निर्वाचित भए। शेखर कोइरालालाई हराएर उनी सभापतिमा निर्वाचित भएका हुन्।
देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत पाएका थिए।
यस्तै कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्।
खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याए। खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका उम्मेदवार हुन्।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएका थिए।
बिहीबारै भएको मतगणनाबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।
गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्। उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो।
गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाशले महामन्त्रीमा उम्मेदवारी दिएका थिए।
पदाधिकारी | पद | प्राप्त मत | | खसेको मत |
शेरबहादुर देउवा | सभापति | २७३३ | विजयी | ४६२३ |
शेखर कोइराला | सभापति | १८५५ | | |
पूर्णबहादुर खड्का | उप-सभापति | २१२१ | विजयी | ४६७९ |
धनराज गुरूङ | उप-सभापति | १९०८ | विजयी | |
विजयकुमार गच्छदार | उप-सभापति | १९०६ | | |
चन्द्र भण्डारी | उप-सभापति | १५८० | | |
सुजाता कोइराला | उप-सभापति | ६४४ | | |
महेश आचार्य | उप-सभापति | ५८९ | | |
दिव्येश्वरी शाह | उप-सभापति | १३२ | | |
गगनकुमार थापा | महामन्त्री | ३०२३ | विजयी | ४६८२ |
विश्वप्रकाश शर्मा | महामन्त्री | १९८४ | विजयी | |
प्रकाशशरण महत | महामन्त्री | १५५६ | | |
मिनेन्द्र रिजाल | महामन्त्री | ८०९ | | |
प्रदीप पौडेल | महामन्त्री | १३९३ | | |
राजाराम कार्की | महामन्त्री | १०३ | | |