कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको नतिजा आइरहेको छ।
महिलातर्फ तीन हजार मत गणना भइसकेको निर्वाचन समितिले जनाएको छ।
यसमा महालक्ष्मी उपाध्याय ‘डिना’ले फराकिलो अग्रता लिएकी छिन्।
उनले १६५२ मत ल्याएकी छिन्। अर्की उम्मेदवार कमला पन्तले १३२६ मत ल्याएकी छिन्।
उपाध्याय सभापति शेरबहादुर देउवा र पन्त शेखर कोइराला प्यानलकी उम्मेदवार हुन्।
बिहीबार दलित, महिला र आदिवासी-जनजातिको मतगणना भइरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।
निर्वाचन समितिका अनुसार दलित, आदिवासी जनजाति र महिलाको एकैपटक नौ ठाउँमा मत गणना भइरहेको छ।