नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझदेखि महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ।
जसमा आदिवासी जनजातितर्फ ३००० मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ। यो मतगणनामा भीष्मराज आङ्दम्बेले अग्रता कायम राखेका छन्।
उनले फराकिलो अग्रता लिएका छन्। आङ्देम्बेले १७८० मत ल्याएका छन्। त्यस्तै, उनलाई पछ्याइरहेका विकास लामाले १२४८९ मत मात्र ल्याएका छन्।
आङ्देम्बे सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने लामा शेखर कोइराला पक्षका उम्मेदवार हुन्।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।
निर्वाचन समितिका अनुसार दलित, आदिवासी जनजाति र महिलाको एकैपटक नौ ठाउँमा मत गणना भइरहेको छ।