नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ।
आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।
अहिले मतगणना भइरहेको मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि छन्।
१९०० मतगणना हुँदा उनले शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका छन्। मन्सुरले १०२९ मत पाएका छन् भने वकिलले ८२९ मत ल्याएका छन्।
आज थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।