नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।
पाण्डे सहमहामन्त्री जित्ने कोइराला प्यानलका दोस्रा उम्मेदवार हुन्। यसअघि बिहीबार भएको मत गणनामा दलित क्लस्टरबाट उक्त प्यानलका जीवन परियार विजयी भएका थिए।