एमाले केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले आफू सचिवको दाबेदार रहेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने उनले बताए।
पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए।
'भोलि अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्छ। त्यो बेलामा यसबारेमा छलफल हुन्छ होला,'उनले भने,'अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ। सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिन्छ।'
प्रदेश १ का पूर्वमुख्यमन्त्री राई एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग अझै निकट छन्।