कर्णाली प्रदेश सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक रहेका गुलावजंग शाहले दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा दाबी गर्ने जनाएका छन्।
नबौं महाधिवेशनमा राप्ती अञ्चलबाट केन्द्रीय सदस्यमा निर्वाचित शाहले यसपालि पनि केन्द्रीय सदस्यमै दाबी रहेको बताएका छन्।
सल्यान जिल्लाबाट प्रदेश सभामा निर्वाचित शाह २०७० सालको संबिधानसभाको निर्वाचनमासमेत उम्मेदवार बनेका थिए। उनी २०४१ सालमा अनेरास्ववियू पाचौंबाट राजनीतिमा प्रवेश गरेका थिए।
त्यसपछि उनी युवा संघको केन्द्रीय सचिवालय सदस्य, पार्टी जिल्ला सचिव, अञ्चल कमिटी सदस्य, प्रतिनिधि परिषद सदस्य हुँदै केन्द्रीय सदस्य बनेका थिए।
पार्टीको बैचारिक पक्षलाई गाउँ गाउँसम्म फैलाउन र दुर्गमको आवाजलाई सिंहदरबार पुर्याउन सशक्त उम्मेद्वार चाहिने भएकाले उम्मेदवारी दिन लागेको उनले बताए।
‘कर्णाली सिंहदरबारदेखि धेरै टाढा छ। दुर्गमको आवाजलाई सिंहदरबारसम्म पुर्याउन सशक्त उम्मेद्वार चाहिन्छ,’ शाहले भने, ‘पार्टीको बैचारिक पक्षलाई गाउँ गाउँसम्म फैलाउन म सक्षम छु। त्यसैले मेरो केन्द्रीय सदस्यमा उम्मेद्वारी रहेनेछ।’
एमालेले आजदेखि चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ।