नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापाले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीको दसौं महाधिवेशनमा आफूले सचिवको दावी गर्ने थापाले सेतोपाटीलाई बताए।
‘म सचिवको लागि योग्य छु। अध्यक्ष केपी ओलीको नेतृत्वलाई सफल बनाउन मैले सचिव पदमा उमेदवारी दिन लागेको हो,’ उनले भने, ‘देशभरबाट आउने महाधिवेशन प्रतिनिधिले मेरो भूमिकाको मूल्यांकन गर्छन् भन्ने अपेक्षा छ।’
लामो समयदेखि थापा ओलीसँग निकट छन्।