नेपालमा पनि आगाेकाे प्रयोगबाट कपाल काट्ने काम (फायर हेयरकट) सुरु भएको छ। दरबारमार्गको डिभान सलुनले आगोको प्रयोग गरेर कपाल काट्न सुरु गरेको हो। हाँगा फाटेका कपालहरुलाई बारम्बार काट्नु भन्दा आगो लगाएर त्यस्ता हाँगाहरुलाई नष्ट गर्ने तरिकालाई फायर हेयरकट भनिन्छ। सलुनका सञ्चालक रिमेश पराजुलीका अनुसार आगोकाे प्रयोग गर्दा हाँगा बाहेकका कपालमा कुनै क्षति पुग्दैन। 'यो सुरक्षित छ', पराजुली भन्छन्, 'मानिसहरु आगो भनेपछि अलिक सचेत त हुन्छन् तर यो सुरक्षित छ।’ भिडिओ स्टोरी -