राजनीतिक विश्लेषक विष्णु सापकोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी केही वर्षसम्म सत्ताका खेलाडी बन्ने टिप्पणी गरेका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली कमजोर हुदैँ जाने टिप्पणी गरे।
प्रचण्डसँग पहिला देखि नै पूर्व माओवादीका मान्छेहरु रहेको र माधव नेपाल र झलनाथ खनालका मान्छे थपिदाँ मुलधारका रुपमा विकास हुने बताए। उनले केपी ओली भने विस्तारै कमजोर भएर जाने उल्लेख गरे।
'केपी ओलीसँग अप्रत्यक्ष फाइदा लिएका र भक्तिभाव देखाउने मान्छे मात्र रहलान् जस्तो देखिन्छ', सापकोटाले सेतोपाटीसँगको भिडिओ कुराकानीमा भने, 'समन्वयकारी भूमिका खेलेर, परामर्श गरेर पार्टी चालउने उहाँको कौशल देखिएन। त्यसैले ओलीको पार्टी त्यति ठूलो हुने देख्दिन। माधव नेपाल र प्रचण्डको पार्टी आउने चुनावमा मूलधार होला।'
भिडिओ -