प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णयको बचाऊमा ७ वटा संवैधानिक आधार टेकेका छन्।
सर्वोच्च अलदातमा ओलीले दिएको जवाफमा संविधानका विभिन्न यसअघि उल्लेख भएका भन्दा थप ५ वटा धाराको उल्लेख छ। त्यस्तै उनले दुई वटा सर्वोच्चका नजिरहरु प्रस्तुत गरेका छन्।
ओलीले यसअघि राष्ट्रपति समक्ष प्रतिनिधि सभा विघटन गर्न संविधानको धारा ७६ र धारा ८५ को जिकिर गरेका थिए। उनले यसपटक भने थप धाराहरुले पनि प्रतिनिधि सभा विघटनलाई पुष्टि गर्ने तर्क गर्दै जवाफ पेश गरेका हुन्।
हेर्नुहोस् ओलीले टेकेका संवैधानिक प्रावधानबारे सेतोपाटीको भिडिओ रिपोर्ट -