अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाएको छ।
महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी विभागले तयार पारेको कार्यविधि संशोधन प्रस्ताव गृह मन्त्रालय पुगेको छ।
अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थामा ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा यस्तो सहमति अनिवार्य चाहिने व्यवस्था गर्न लागिएको हो।
उक्त व्यवस्थाबारे सेतोपाटीले सामाजिक जीवनमा सक्रिय चालिस वर्षभन्दा कम उमेर समूहका महिलाहरूलाई जिज्ञासा राखेको छ।
सेतोपाटीले मिस नेपाल २०१८ श्रृंखला खतिवडा, नायिका स्वस्तिमा खड्का, गायिका समृद्धि राई, पत्रकार श्री पाण्डे, राजनीतिक अभियन्ता प्रकृति भट्टराई बस्नेत, नायिका सुरक्षा पन्त र लेखक दुर्गा कार्कीसँग नयाँ प्रावधानबारे जिज्ञासा राखेको छ।
हेर्नुहोस् भिडिओ-