स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतसँग सरकारले ५० लाख खोप किन्ने विषयमा वार्ता अगाडि बढाइरहेको बताएका छन्।
अहिलेसम्म सरकारले १७ लाख व्यक्तिलाई खोप दिएको उनले जानकारी दिए। अठार वर्षमुनि उमेर समूह बाहेकलाई लगाउन पनि नेपाललाई झण्डै २ करोड डोज खोप आवश्यक छ।
सरकारले ६५ वर्ष उमेर समूह माथिका व्यक्तिहरूलाई खोप लगाउन सुरू गरेपछि हाल स्थगित गरेको छ।
पहिलो डोज खोप लगाएका व्यक्तिहरूलाई दोस्रो डोज खोप लगाउन मौज्दात बाँकी रहे पनि सरकारले थप खोपको जोहो गरिसकेको छैन।
भारतसँग ५० लाख डोज खरिदका लागि वार्ता गरिरहेको स्वास्थ्य मन्त्री त्रिपाठीले जानकारी दिए।
त्यस्तै, चीनले नेपाललाई अनुदानमा दिने भनेको ८ लाख डोज खोप लिन जहाज पठाउन लागिएको उनले बताए।
एक वर्षभित्र सबै नेपालीलाई खोप दिने बताएको सरकारले खोप भित्र्याउन किन ढिलाइ गरिरहेको छ? कहिलेसम्म आउँछ भनेर सेतोपाटीले त्रिपाठीलाई प्रश्न गरेको छ।
हेर्नुहोस् भिडिओ-