मेलम्ची खोलामा लेदोसहितको बाढी आउने क्रम रोकिएको छैन। शनिबार रातिदेखि फेरि यहाँ लेदोसहित बाढी आएको छ। बाढी आउनेक्रम आइतबार दिउँसोसम्म पनि जारी छ।
बाढीले यसअघि गत असार १ मा नभत्काएका घर तथा टहरा र पुलसमेतमा क्षति पुर्याएका विवरण आइरहेका छन्।
गत असार १ गते मेलम्चीमा लेदोसहित आएको भेलबाढीले ९ जनाको निधन भएको थियो।
बाढीले मेलम्ची बजारमा अर्वौंको क्षति भएको छ। बजारका घर-टहरा मात्र होइन पुल र विद्यालयहरूमा पनि क्षति पुगेको छ।
पछिल्ला दिनमा मेलम्ची र हेलम्बुका स्थानीय तहहरू बाढीले थुपारेको ग्रेगान हटाउन केन्द्रित थिए। तर गए राति आएको बाढीले फेरि मेलम्ची क्षेत्रमा थप क्षति पुर्याएको छ।
बाढीले मेलम्ची माथिको चनौटे बजार ध्वस्त पारेको छ। त्यहाँ रहेको रातो पुल बगाएको छ। स्थानीयका अनुसार ठूलो पानी नपरे पनि अकस्मात राती मेलम्चीमा लेदोसहित बाढी आयो।
बाढीपछि मेलम्चीको मुहान भएको भ्रेमाथाङ क्षेत्रमा हेलिकप्टरबाट अवलोकन गरेका बाबु लामाका अनुसार त्यहाँ ठूलो पहिरो गएको देखिएको छ।
डेढ सय मिटर अग्लो ठाउँबाट पहिरो खस्ने र खोलामा पानी थुनिने र खोलिने भइरहेको छ।
भ्रेमाथाङमा रहेको चौरमा धेरै गेग्रान जम्मा भएको छ। थप पानी परेमा त्यहाँ फेरि पहिरो झर्ने सम्भावना छ। हेर्नुहोस् भ्रेमाथाङ क्षेत्रको हेलिकप्टरबाट खिचिएको दृश्य।
भिडिओ: