गत मंगलबार मोरङको बुढीगंगा गाउँपालिका-२ की १६ वर्षीया सुस्मिता एकदिनका लागि गाउँपालिका अध्यक्ष बनिन्। उनलाई गाउँपालिकाले बाल दिवसको अवसरमा एकदिनका लागि अध्यक्ष बनाएको हो।
गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बालबालिकालाई पनि स्थानीय सरकरबारे जानकारी होस् भनेर सुस्मितालाई अध्यक्ष बनाइएको जानकारी दिए।
'बालबालिकालाई पनि स्थानीय सरकारले के काम गर्छ भनेर जानकारी होस् भनेर उक्त कार्यक्रम आयोजना गरेका हौं। त्यसमाथि उहाँहरू पिछडिएको समुदायबाट हुनुहुन्छ। त्यसैले त्यो वर्गलाई स्थानीय सरकारले कसरी काम गर्छ भनेर जानकारी दिनका लागि उहाँलाई नै अध्यक्ष बनाएका हौं,' उनले भने।
कक्षा १२ मा पढिरहेकी सुस्मिताले आफू एकदिनका लागि गाउँपालिका अध्यक्ष हुँदा खुसी भएको प्रतिकृया दिइन्।
हेर्नुस् सुस्मितासँग सेतोपाटीका विवेक राईले कुराकानी गरेर तयार पारेको भिडिओः