नेपाली सेनाले २०५९ सालदेखि शान्ति मिसनमा आफ्ना कुकुरहरू पठाउँदै आएको छ। हाल पनि लिबियास्थित शान्ति मिसनमा चार वटा कुकुर खटिएका छन्।
मिसनमा खटिने कुकुरले संयुक्त राष्ट्र संघबाट सुविधाबापत् झन्डै मासिक ६० हजार रुपैयाँ पाउँछन्। कुकुरले गर्ने कामको प्रकारअनुसार उक्त रकम फरक-फरक हुन्छ।
नेपाली सेनाले दिएको जानकारीअनुसार सुरक्षा गार्ड र गस्तिमा खटिने कुकुरका लागि प्रतिजोडा ८९० अमेरिकी डलर र खोज तथा उद्धारमा खटिने कुकुरका लागि प्रतिजोडा ९९५ अमेरिकी डलर राष्ट्रसंघले उपलब्ध गराउँछ। त्यसरी आएको रकम तिनै कुकुरको खानपिनका लागि खर्च हुन्छ। बचेको रकम सैनिक कल्याणकारी कोषमा जम्मा हुन्छ।
शान्ति मिसनमा जाने कुकुरको सेवा अवधि भने सैनिकको जस्तो निश्चित हुँदैन। उनीहरूले उमेर र स्वास्थ्यले साथ दिएसम्म सेवा गर्छन्। सामान्यत: कुकुरले दुईदेखि आठ वर्षको बीचमा बढी काम गर्न सक्ने भए पनि अहिले नेपाली सेनाले पाँच वर्षमूनिका कुकुरलाई शान्ति मिसनमा पठाउने गरेको छ।
हेर्नुस् सेतोपाटीका लागि विवेक राईले तयार पारेको यो भिडिओः