सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी 'इ-पासपोर्ट' जारी गरेको छ।
योसँगै अब एमआरपी पासपोर्ट छाप्ने काम विस्तारै बन्द गर्ने राहदानी विभागको तयारी छ।
राहदानीको सुरक्षालाई ध्यानमा राख्दै विभागले इ-पासपोर्ट जारी गरेको हो। यो पासपोर्ट एमआरपीभन्दा फरक छ।
हाल त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनबाट इ-पासपोर्ट वितरण सुरू गरिए पनि छिट्टै यो सेवा सबै जिल्लामा पुर्याउन विभागले काम गरिरहेको छ।
हेर्नुस् एमआरपी र इ-पासपोर्टमा के फरक छ भन्ने बारेमा विभागका महानिर्देशक डोरनाथ अर्यालसँग कुराकानी गरेर तयार पारेको यो भिडिओः
सम्बन्धित समाचार:
एमआरपी भएकाले बनाउनुपर्छ कि पर्दैन इ–पासपोर्ट?