काठमाडौं उपत्यकाका विभिन्न ट्राफिक कार्यालयमा वर्षौंदेखि मोटरसाइकल/स्कुटर थन्किएर बसेका छन्।
नविकरण फेल भएका, दुर्घटनामा परेका र अन्य विभिन्न कारणले ती साधन राखिएका हुन्।
तर घटनाको केही समयपछि सम्बन्धित धनीलाई मोटरसाइकल लिन आउन आग्रह गर्दा पनि धेरै जना नआउने गरेको उपत्यका ट्राफिक प्रहरी महाशाखाको भनाइ छ।
अहिले उपत्यकामा मात्र झण्डै ४ सय बढी यस्ता सवारी साधन थन्किएर बसेका छन्।
महाशाखाका अनुसार १५ देखि २० वर्ष पुराना मोटरसाइकल त्यसरी राखिएका छन्।
वर्षौंसम्म सम्बन्धित धनी मोटरसाइल बुझ्न नआए पनि ती मोटरसाइकललाई प्रहरीले सुरक्षित राख्नुपर्ने हुन्छ। त्यस्ता मोटरसाइकललाई लिलामी गर्ने कानुनी व्यवस्था छैन। जसका कारण वर्षौंदेखि पुराना मोटरसाइकल थन्किएर रहँदा व्यवस्थापन गर्न समस्या रहेको महाशाखाको भनाइ छ।
हेर्नुस्, हामीले तयार पारेको यो भिडिओः