नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झण्डै ३० वर्षदेखि पार्टी नेतृत्वमा राज गरिरहेका छन्। २०४८ नेकपा मशालको महामन्त्री भएका प्रचण्डले २०५१ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरे।
प्रचण्डले २०५७ सालदेखि माओवादीको अध्यक्ष छन्। माओवादीमा रहँदा नेतृत्वमा मोहन बैद्य देखि बाबुराम भट्टराईसम्मले नेतृत्वमा दाबी गरेपनि प्रचण्डले सँधै आफूसँग जुध्न आउनेको सिंङ फुकाल्न सफल भए। नेकपा एमाले र माओवादी एकता भएका बेला पनि दुई मध्ये एक अध्यक्ष बनेका प्रचण्ड पार्टी विभाजनपछि फेरि अध्यक्ष छन्। आगामी साता हुने राष्ट्रिय सम्मेलनबाट माओवादीले फेरि प्रचण्डको नीति र नेतृत्व पारित गर्ने तयारी छ।
भिडिओ