पछिल्लो जनगणनाले नेपालको जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम देखाएको छ।
तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालको जनसंख्या २०७८ सालमा दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
२०६८ सालमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।
नयाँ तथ्यांकले जनसंख्या वृद्धिदर प्रतिवर्ष केवल शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ। जुन दस वर्षअघि अर्थात् २०६८ सालमा १ दशमवल ४ प्रतिशत रहेको थियो।
के जनसंख्या वृद्धिदर कम हुनु चिन्ताको विषय हो? जनसंख्या वृद्धिदर घट्नुको कारण के हो? सेतोपाटीले यी प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक योगेन्द्रबहादुर गुरुङ अहिले जनसंख्या वृद्धिदरमा देखिएको कमीलाई सामान्य मान्छन्।
प्रजननयोग्य समयमा विदेशमा हुनु, सन्तान हुर्काउन धेरै लगानी गर्नुपर्ने अवस्थाले गर्दा पनि जनसंख्या वृद्धिदरमा कमी आएको गुरुङको तर्क छ।
हेर्नुहोस् भिडिओ: