सरकारले गठन गरेको एउटा कार्यदलले नेपालबाट मुख्यत: खाडी मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न सुझाव दिएको छ।
गृह मन्त्रलायका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणि पोखरेल संयोजकत्वको कार्यदलले कम्तीमा दस लाख बराबरको वार्षिक करयोग्य आय हुनुपर्ने र खातामा ५ लाख रुपैयाँ भएमात्र भिजिट भिसामा जान पाउने व्यवस्था राख्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।
कार्यदलको सिफारिस अनुसार अहिले अध्यागमन विभागले कार्यविधि तयार पार्ने काम गरिराखेको छ।
भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको र यसरी जानेहरू समस्यामा परेका कारण कडाइ गर्न आवश्यक भएको कार्यदलका संयोजक पोखरेलको दाबी छ।
तर महिलाहरूको सम्बन्धमा कार्यदलले परिवारको अनुमति तथा कम्तीमा प्लस टु पढेको हुनुपर्ने जस्ता व्यवस्था गरिएकोमा सांसदहरूले गृहमन्त्रीलाई भेटेर आपत्ति जनाइसकेका छन्।
सरकारले किन गर्यो त भिजिट भिसामा कडाइ? हेर्नुहोस् भिडिओ