फिल्मका माध्यमबाट देश-दुनियाँलाई मनोरञ्जन दिँदै आएका बलिउड पनि नागरिकता कानुनविरूद्ध सडकमा ओर्लेको छ।
उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको बिहीबार मुम्बईको अगष्ट क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा बलिउडका सेलेब्रिटीहरूले पनि भाग लिए।
केही समययता सामाजिक सञ्जालबाट कानुनविरूद्ध आवाज उठाउँदै आएका अभिनेता तथा फिल्म निर्देशक फरहान अख्तर प्रदर्शनमा पनि सहभागी भए। उनले केही दिनअघि यो कार्यक्रमको प्रचार गर्दै 'अब सामाजिक सञ्जालमा बोल्ने समय सकिएको' भन्दै सडकमा ओर्लन आह्वान गरेका थिए।
देशका अन्य भागको दाँजोमा मुम्बईको प्रदर्शन शान्तिपूर्ण रह्यो। कार्यक्रममा शान्ति कायम राख्न भूमिका खेलेको भन्दै फरहानले मुम्बई पुलिसलाई धन्यवाद दिएका छन्।
यो कार्यक्रममा हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंह लगायतले पनि भाग लिएका थिए। यिनीहरूले सामाजिक सञ्जालबाट पनि नागरिकता कानुनविरूद्ध आवाज उठाएका थिए।
हेर्नुहोस्: दिल्लीको आगो सल्कियो बलिउडमा