लर्निङ हाउस प्रालिले आफ्नो नाम जोडी संस्था र सञ्चालकका सम्बन्धमा सेतोपाटीमा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ।
'नेपालीका नाममा अवैध चन्दा उठाउँदै अमेरिकी नागरिक' शीर्षकमा गत पुस २९ गते सेतोपाटीमा प्रकाशित समाचारमा उक्त कम्पनीले कुनै सत्यता नभएको दाबी गरेको छ।
'समाचारमा कम्पनीको सञ्चालक मिसेलले पैसा उठाएर हिनामिना गरेको नेपालको फोटो दखाएर करोडौं असुलउपर गरेको भन्ने लगायतका कुनै पनि समाचारमा कुनै सत्यता छैन' कम्पनीले भनेको छ।
एक व्यक्तिले रिसिबीका कारण झूटो उजुरी दिएको र सो आधारमा अनुसन्धान पूरा नभइ सामाजिक रूपमा बदनाम गराउने उद्धेश्यले नियोजित ढंगबाट समाचार प्रकाशन गराएको कम्पनीको दाबी गरेको छ।
लर्निङ हाउस प्रालि सञ्चालक
मिसेल अलेक्जेण्ड्रा वेल्स