कोरोनाको कारणले मृत्यु हुने संख्या नौ पुग्दा चैत ११ गतेदेखि जेठ १० गतेसम्म प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ९ सय ८२ जनाले आत्महत्या गरेका छन् सरकार। कोरोनाबाट भन्दा नि भोकमरी आर्थिक समस्या, मानसिक समस्या र देशको अवस्था हेरेर धेरै नागरिकले आत्महत्या गर्लान जस्तो छ सरकार। किन यति गैर-जिम्मेवार बनेको सरकार? जिज्ञासा छ मेरो।
भैंसी गोठमा क्वारेन्टाइन बस्नु पर्ने अवस्था भएको मेरो देशमा राष्ट्रपतिका लागि किन करोडौं पर्ने गलैंचा यही बेला हालेको सरकार? किन मन्त्रीहरुको लागि मन्त्री निवासमा यही बेला जिमखाना चाहियो सरकार? जिज्ञासा छ मेरो।
अव्यवस्थित क्वारेन्टाइनमा लगभग एक लाख ५० हजार मान्छे छन्। ती मध्ये कतिपय कोरोना हो कि होइन पत्ता लाग्नु अगाडि झाडापखाला, मलेरिया र डेङ्गुको शिकार भैइसक्ने हुन् कि सरकार? जिज्ञासा छ मेरो।
कोरोनाको उच्चतम बिन्दु पुग्नै बाँकी छ सरकार, लगभग दुई हजारको हाराहारीमा संक्रमित हुँदा १० अर्ब खर्च। कसरी सरकार? यही हिसाबको खर्चले संक्रमित संख्या बड्दै जाँदा थेग्न सक्ने स्रोत र साधन के छ सरकार? जिज्ञासा छ मेरो।
दिनको दुई हजारको दरले हुने पिसिआर टेस्टले क्वारेन्टाइनमा रहेका एक लाख ५० हजारको टेस्ट कहिलेसम्म गर्न सकिन्छ सरकार? जिज्ञासा छ मेरो।
दिनभरी ज्याला मजदुरी गरेर राति चुलो बाल्ने मजदूरको लागि खै त सरकार राहत प्याकेज? यत्रो दिन लकडाउन हुँदा त्यो ज्याला मजदुरी गर्ने मान्छेको अभिभावकत्व लिनु पर्ने होइन र सरकार? जिज्ञासा छ मेरो।
निजी स्वास्थ संस्थाले भारि मात्रामा कर्मचारी तथा कर्मचारीको सेवा सुविधा कटौती गरिरहेको बेला एउता विज्ञप्ति निकालेर पन्छिन कसरी मिल्छ सरकार? जिज्ञासा छ मेरो।
यत्रो महामारीको बेला जनताबाट स्वास्थ्कर्मी माथिको आक्रमण भैइरहँदा पनि किन टुलुटुलु हेरि रहेको सरकार? जिज्ञासा छ मेरो।
गाउँपालिकाका वडा सदस्यले राजनीतिक पहुँचको आधारमा पिपिई पाइरहँदा स्वास्थकर्मीहरु बिना पिपिई अहोरात्र काममा खटिदै छन्। किन यस्तो गैर-जिम्मेवारी सरकार?
पहिला मृत्यु अनि मृत्यु भएको दुई/तिन दिनपछि कोरोना पुष्टि। यस्तो चरम लापरबाहीको अन्त्य कहिले सरकार?
मुटुरोगी उच्च रक्तचाप र मधुमेहका बिरामीले औषधि नपाएरै मृत्यु हुने अवस्थाको सिर्जना किन सरकार?
विज्ञहरुले एमसिसी देशको हितमा छैन भनि भनि ठोकुवा गरिरहँदा किन त्यसलाई पास गर्नै पर्ने सरकार? जिज्ञासा छ मेरो।
लकाडाउन अवधि तीन महिना पुग्नै लाग्दा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक गतिविधि प्रायः ठप्प छन्। यस्तो अवस्थामा शैक्षिक शत्र लम्बिदैन भन्ने ग्यारेन्टी के सरकार? जिज्ञासा छ मेरो।
कक्षा १० र १२ को विद्यार्थीहरुले आफ्नो परीक्षा बारे ढुक्क अनि भरपर्दो निणय कहिले पाउँछन् सरकार? जिज्ञासा छ मेरो।
तीन महिनादेखि आर्थिक गतिविधि ठप्प छ सरकार। यस्तो बेला व्यवसायीमा सरकारलाई तिर्नुपर्ने कर तिर्नु कि दुई वर्षको बच्चाको भोको पेट भर्नु? जिज्ञासा छ मेरो।
सरकार अब त अति भो। यस्तो महामारीको आफ्नो दुनो सोझ्याउने र आफ्नो मात्रै खल्ती भर्ने काम नगरम्, बिन्ती छ सरकार मेरो। भत्ता पचाउने निहुँमा अनेकौं बैठक, दिनकै १० लाख खर्च हुने संसद अधिवेशन छिटो अन्त्य गरौं सरकार, बिन्ती छ मेरो।
विदेशमा अलपत्र परेका नागरिकलाई आफ्नो देश फर्काउने पहल कदमी छिटो चालम सरकार, बिन्ती छ मेरो। कसरी हुन्छ पिसिआर परीक्षणको दायारा बढाउ सरकार, दैनीक ज्यालादारी गर्ने मजदूरको अभिभावक बन सरकार कोरोनाभन्दा भोकमरीले धेरैले आफ्नो प्राण नत्यागुन बेलैमा सचेत बन सरकार बिन्ती छ।