मान्छेले मान्छेलाई बञ्चित गर्नुपर्ने कस्तो आयो अवस्था,
ए सरकार, तिमी त कोहीबाट बञ्चित भएका छैनौं नि है?
कति आमाबुवाहरु आफ्ना सन्तानको मायाबाट ओझेलिरहेका छन्,
ए सरकार कतै तिमी पनि आफ्नो सन्तानको मायाबाट ओझेलिएका त छैनौ नि है?
न पाउनु छ उपचार, न पाउनु छ उपचारका सुविधा,
ए सरकार तिमीले त सबै प्रकारका सुविधा पाइरहेका छौ नि है?
सक्नेहरु भन्छन् उत्सव हो जिन्दगी खुलेर रमाउ,
अनेकौ पीडाहरू मनमा लिएर कसरी रमाउनु र खै?
मन बलियो भएको बेला पो नचाउन सकिन्छ संसारलाई आफ्नो मुठ्ठीमा,
हामीलाई त पिर परिरहेको छ, तिमिलाई त आनन्द छ सबैलाई नचाईराखेका छौ नि है?
घातक मार र दमन कहिले सम्म सहनु अब,
यो देशले आफ्नो मुहार कहिले फेर्छ र खै?