सिन्धुपाल्चोकको चौतारास्थित वर्ल्ड भिजन ईन्टरनेशनलको कार्यालयमा आगलागि भएको छ।
गएराति करिब १२ बजेदेखि सुरू भएको आगलागिबाट करिब १ करोडको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ।
भूकम्पपछि धेरै राहत र उद्दारको काम गरेको सो संस्थाको जिल्लाको मुख्य कार्यलयमा आगलागि भएको हो।
आगलागिमा परि संस्थाको फर्निचर, ल्यापटप, प्रिन्टरलगाएत कार्यलयको महत्त्वपूर्ण कागजात नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले बताए।
कार्यालय सँगै रहेको गोदाममा भने क्षति नपुगेको उनले बताए। आगलागि बिहान करिब ३ बजे प्रहरी, सेना, स्थानीयलगाएतको सहयोगमा नियन्त्रणमा आएको थियो।
संस्था अबको एक महिनामा जिल्लाबाट बाहिरिदै थियो।
संस्था बाहिरिने समयमा भएको यो आगलागिले स्थानीयमा भने शंका उत्पन्न भएको । अन्तिम समयमा संस्थाले हरहिसाब गायब बनाउन नियोजित रूपमै आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। प्रहरी र संस्थाका सुरक्षागार्डका अनुसार विद्युत सर्ट भए आगलागि भएको बताएका छन्।
थप अनुसन्धान पछि मात्रै आगलागिको कारण पत्ता लाग्ने प्र उ पोख्रेलले बताए।