कास्कीको पोखरा लेखनाथ महानगरपालिका १४ चाउथेमा मंगलबार बेलुका ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९० ०६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ७९८७ नम्बरको स्कुटरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक स्याङ्जा आँधीखोला गाउँपालिका ६ की २१ वर्षीया बन्दना पौडेलको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मंगलबरा बेलुका सवा ८ बजे मृत्यु भएको हो।
ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।