बाजुराको बडिमालिका नगरपालिका ८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मंगलबार बेलुका पौने ८ बजे दानसाँगुबाट मार्तडीतर्फ जाँदै गरेको से १ ज ९४० नम्बरको जीप जिल्ला अस्पतालको गेट नजिकैको उकालोमा ब्याक भएर सडकबाट करिब ६० मीटर तल खसेको थियो।
दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३ का ४० वर्षीय बल बहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका ८ का ४५ वर्षीय काली बहादुर राउतको मृत्यु भएको हो।
बुढाको घटनास्थलमै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ ।