प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरुले बबरमहलस्थित जिल्ला प्रसाशन कार्यालय घेराउ र नाराबाजी गर्न पुगेका थिए।
केसीका समर्थक र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो। निशेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
केसीका समर्थकहरुले प्रधान न्यायाधीश पराजुलीविद्ध कडा नारावाजी गरेका थिए। पक्राउ परेकालाई वैद्यखानासँगकै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
पक्राउ पर्नेहरूमा शशी विक्रम कार्की, प्रितम सुवेदी, सलिम पोखरेल, अभिनास बस्नेत, भावना राउत, विवद दाहाल, नारायण कँडेल, शिशीर बन्जाडे, गोमेश सिंह उप्रेती, राजिया बानु, सोनाम ठिमी, सौरभ न्यौपाने र विनोद राज भण्डारी छन।
अदालतको अवहेलना मुद्दामा हाजिर हुन डाक्टर केसी आज सर्वोच्च अदालत पुगेका थिए।
डा. केसीले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका थिए।
[caption id="attachment_134615" align="alignnone" width="1280"]
प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकालाई मंगलबार जिल्ला प्रसाशन कार्यालय अगाडिबाट नियन्त्रण लिने प्रयास गर्दै प्रहरी। तस्बिरः नारायण महर्जन/सेतोपाटी[/caption]