सिरहामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्।
सिराहको लक्ष्मीपुर गाउँपालिका–४ का २८ वर्षीय राम दासले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दासको हत्या गरेका हुन्।
घरयासी बिवादमा दासले आमालाई रड प्रहार गरी गम्भीर घाईते बनाएका थिए। घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहले जनाएको छ।
दासले १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई पनि घाईते बनाएका छन्।
रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।
आमाको हत्या गर्ने दासलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ। बहिनीको उपचार भइहरेको छ।