करेन्ट लागेर छुट्टा छुट्टै घटनामा बालकसहित २ जनाको मृत्यु भएको छ।
सिराहाको सखुवा नन्कारकट्टी गाउँपालिका ४ मा आज करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान ५ बजे बिजुलीको बल्ब होल्डरमा तार जोडेर कोठामा लैजाने क्रममा स्थानीय ३५ वर्षीया गीता साहको मृत्यु भएको हो।
यसैबीच रूपन्देहीको रोहणी गाउँपालिका १ चनौली गाँउमा हिजो साँझ करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मुनिय बराईका २ बर्षिय छोरा आर्यन बराई छन्।
हिजो साँझ साढे ५ बजे घरमा खेल्ने क्रममा करेन्ट लागेर बनलक अशक्त भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ।