सडक विस्तारको विरोधमा बुधबार पनि काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रद्र्रशन गरिएको छ ।
गैरन्यायिक ढंगले भईरहेको सडक विस्तारको काम तत्काल रोक्न सरकारसँग माग गर्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा बुधबार पनि माईतीघर मण्डलामा ३ घण्टा विरोध प्रर्दशन गरिएको हो । जग्गा प्राप्ती ऐनको समेत बेवास्ता गर्दै सडक विस्तारको नाममा आफूहरुलाई विस्तापित गरेपछि सरकारसँग न्यायको माग गर्दै विरोध प्रर्दशनलाई निरन्तरता दिनु परेको उनीहरुको भनाइ रहेको छ । पीडितहरुले उचित क्षेतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन । उनीहरुले सडक विस्तारको नाममा स्थानीयबासीलाई आतंकित बनाउने काम गरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन ।
प्रर्दशनीमा नागरिक समाजका अगुवाहरु पदमरत्न तुलाधर, हिरण्यलाल श्रेष्ठलगायतले पनि ऐक्यवद्धता जनाएका थिए । त्यसक्रममा ललितपुरमा स्थानीयले उचित क्षतिपूर्तिको व्यवस्था नगरि काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको कामलाई अघि बढाएको भन्दै आपत्ति पनि जनाएका थिए । काठमाडौं उपत्यकाको सडक विस्तारको काम गैरन्यायिक भएको भन्दै स्थानीयबासीले तत्काल बन्द गर्न माग गर्दै सरकारलाई निरन्तर दवाव दिँदै आएका छन । उनीहरुले स्थानीयको मन्जुरी समेत नलिई सडक विस्तार गर्ने काम गर्न नपाउने कानुनी व्यवस्थाबारे पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन । प्रर्दशनीका कारण काठमाडौंको माईतीघर मण्डला वरपरको क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो ।
https://www.youtube.com/watch?v=T1qwMuAI-Uw&feature=youtu.be