पक्राउ परेका उनीहरूलाई इलाका सव–डिभिजन वन कार्यालय बेलबारीलाई बुझाएको छ।
इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले राति करिब १२ बजे ५३ किवी अबैध सालको काठसहित उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यलय पथरीका इन्चार्ज कमल बजगाईँले जानकारी दिए।
पक्राउपर्नेमा गाडी चालक झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ का वुद्घिमान राई, त्यसैगरि अन्य ७ जना मोरङ जिल्ला मिक्लाजुङ गाउपालिका वडा नम्वर ५ वस्ने वर्ष ३२ का बल वहादुर राई, सोहि वडा वस्ने वर्ष २६ का बालकृष्ण भट्टराई, वर्ष २० का जनम राई, वर्ष २४ का सन्दीप राई, वर्ष ३१ का शेर बहादुर राई, वर्ष २५ का जनक राई, वर्ष ३३ का श्रवण राई रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ब्यक्तिबाट रूख कटानमा प्रयोग गर्ने ३ थान आरा १ थान फलामको झम्फल, ४ थान खुकुरी, सम्लग्न व्याक्तिले प्रयोग गर्ने १० थान मोवाईल बरामत गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएको गाडीसहित आवश्यक कानुनी कारबाहीका लागि सव–डिभिजन वन कार्यालय वेलवारीलाई वुधबार विहान बुझाएको छ।
अनुसन्धानका क्रममा रहेकाले गाडी मालिकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सवैलाई वन ऐन २०४९ र वन नियमावली २०५१ अनुसार प्रतिव्याक्ति प्रति किवी १ हजार रूपैयाका दरले विगो दाबी हुने तथा १ वर्ष कैद तथा दुवै कानुनी उपचार हुने व्यवस्था रहेको सहायक वन अधिकृत तथा सव –डिभिजन वन कार्यालय वेलवारीका प्रमुख शत्रुधन लालदेविले बताए।
अवैध धन्दामा संमलग्न भएको गाडी मालिकलाई पनि सोही बराबरको कानुनी उपचार हुने व्यवस्था रहेको उनले बताए ।