अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि पाँच लाख रूपैयाँ बराबरको घुस लिएको अभियोग लागेको छ।
आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।