भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा विद्यार्थीले ताला लगाइदिएका छन्।
एमबिबिएसमा बढी लिएको शुल्क फिर्ता नगरेपछि त्यसको विरोधमा सोमबार विद्यार्थीहरूले कलेजका प्रोफेसर डा आनन्द कुमारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा विद्यार्थीले तालाबन्दी गर्दै अवैध शुल्क लिन नपाइने बताएका छन्।
पछिल्लो समय मेडिकल कलेजहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरू आन्दोलनमा छन्।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी १५ दिनभित्र अवैध शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई अल्टिमेटम दिएका थिए।