जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ|
महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनमा आज दिउँसो र राती देशको पश्चिमी भू - भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताएको छ।
यस्तो छ विभागले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान
मंसिर ६ गते (शुक्रबार)
दिउँसो: देशको पश्चिमी भू - भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसिर ७ गते (शनिबार)
दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सक्ने देखिन्छ।
राती: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
मंसिर ८ गते (आइतबार)
दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
राती: देशका पहाडि भू-भागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।