हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ। हिमपातसँगै चिसो बढेको छ।
जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो। चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्याधिक हिमपात भएको स्थानीयवासीले बताएका छन।
हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन्। सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताए।