सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ।
घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासी आक्रमण गर्दा घाइते पारेको थियो।
उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए।
(रासस)