मनोहरा खोलामा बालुवा चोरी गरेर निकासी गर्दै गरेका बालुवाका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरीमा संलग्न रहेको अभियोगमा आइतबार बा ४ ख ३४३७, बा ४ ख २३१६, बा २ ख ४४१६ र प्रदेश नम्बर ३–००१–००५ ख ९२५१ को मिनिट्रक नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
गाडीका सवारी चालक भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
(रासस)