विदेशी विश्वविद्यालयबाट सम्बन्धनको सरकारबाट लिने अनुमति नलिइ पढाइरहेका कलेजको सम्बन्धन परिवर्तन गराउने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभइ पहिले सम्बन्धन लिएका कलेजलाई नै फरक देश र विश्वविद्यालयको लागि सम्बन्धन परिवर्तन गराउने भएको हो।
मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटाले पहिले सम्बन्धन लिएका कलेजलाई नै पुनःअर्को विषयका लागि फरक देश र विश्वविद्यालयबाट सम्बन्धनको लागि अनुमति दिइने बताए।
मन्त्रालयले सम्बन्धन लिएका कलेजको अनुगमन पश्चात मात्र ती कलेजलाई सम्बन्धन परिवर्तनको अनुमति दिने भएको हो।
‘पहिले सम्बन्धन लिएका पुराना विषय भए’, उनले भने, 'अब ती कलेजले नै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका जनशक्ति उत्पादन गर्नका लागि नयाँ विषयका लागि सम्बन्धनका लागि अनुमति दिन्छौ।'
उनका अनुसार नयाँ प्रविधि विषय, विश्व बजारमा प्रतिस्पर्धा गर्न खालका विषयका लागि मात्र अनुमति दिइने छ।
अहिले ९५ वटा कलेज विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएकामा ८५ वटामात्र सञ्चालनमा रहेका छन्। ती कलेजमा अहिले पाँच हजार २०० विद्यार्थी रहेका छन्।
(रासस)