स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबारअपराह्न मृत्यु भएको छ।
काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए।