माटो खानी पुरिएर जुम्लामा सासु बुहारीको मृत्यु भएको छ।
घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो।
नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर घटनास्थलमै मृत्यु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिएका हुन्।
उनका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्।
माटो खन्ने क्रममा खानी भासिएको थियो।
सोमबार नै मृतक दुबैलाई शवपरीक्षणका लागि अस्पताल पुर्याइएको छ भने घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।