काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ। शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा आइतबार इन्द्रावती नदीमा डुबिरहेको अवस्थामा १६ वर्षीय सौरवलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए।
सौरवको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।