सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।
शेर्पाको शव जिल्ला अस्पताल खाँदबारीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
(रासस)