कोरना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले आजदेखि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्।
दाहालकी छोरी गंगा दाहालले आफ्नो फेसबुकबाट प्रचण्डले 'अत्यावश्यतक'बाहेकका भेटघाट स्थगित गरेको जानकारी दिएकी हुन्।
'विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट(अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ', दाहालको फेसबुकमा भनिएको छ।
सरकारले कोरोना भाइरसको संभावित जोखिम न्यूनिकरण र रोकथामका लागि भन्दै बुधबार अत्यावश्यक काममा बाहेक सकभर घरमै बस्न भनेको छ।
यसका अलावा जिम, सिनेमा हल, स्कूल, स्पा लगायतका सामुहिक जमघट हुने विभिन्न स्थान बन्द गर्ने घोषणा गरेको थियो।