कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकरी दिए।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार घाइते दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।