लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा अत्याधुनिक सुविधासहितका छ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालक कोरोना भाइरसको संक्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट)ले सुसज्जित हुनेछन्।
उनले दमक, विर्तामोड, धुलाबारी, कनकाइ, बनियानी र भद्रपुर क्षेत्रका छ एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए।
चालकलाई एन–९५ मास्कसमेत दिएर हरि–हिमा ढकाल स्मृति प्रतिष्ठान दमकको मे१च ५६४१, पदमप्रसाद उप्रेती प्रतिष्ठान विर्तामोडको मे१च ८९९, उद्योग वाणिज्य संघ मेचीनगरको मे१च ९२१, प्रधान डाग्नोस्टिक सेन्टर कनकाइको मे१च १२९६, कचनकवल गाउँपालिकाको प्रदेश१–००१झ २०३ नम्बर र मेची अञ्चल अस्पतालका एम्बुलेन्स रहेका छन्।
कोरोना सर्ने डरले एम्बुलेन्स चालकले बिरामी नबोक्ने हुन् कि भन्ने आशंका अब मेटिएको छ।
विदेशबाट आएर रुघाखोकी लागेको, होमक्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेका, अस्पतालको आइसोलेसनमा बसेका बिरामीलाई समेत यी एम्बुलेन्सले जुनसुकै बेला सेवा पुर्याउने भएका छन्।
(रासस)