पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ।
कोरोना भाइरसको पछिल्लो विश्व विवरणअनुसार हालसम्म ४ लाख ७१ हजार ३४ जनामा यसको संक्रमण पुष्टि भएको छ जबकी दुई साता अगाडि मार्च १० मा यो संख्या १ लाख १८ हजार ९ सय ४८ थियो।
त्यसयता संक्रमितको संख्या झण्डै ३ लाख ५२ हजार ८६ ले बढेको छ।
पछिल्लो समय भने कोरोना भाइरसको इपिसेन्टर अमेरिका भएको छ।
त्यहाँ हालसम्म यसको संक्रमणबाट एक हजार ३२ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार बढी संक्रमित भइसकेका छन्।
पछिल्ला दिनमा देखिएको संक्रमणदरले यही गतिमा बढेमा अमेरिका विश्वको सबैभन्दा बढी संक्रमितको देश बन्ने विश्लेषकहरूले अनुमान गरेका छन्।
अहिले अमेरिका भन्दा बढी संक्रमित चीन र इटालीमा मात्र छन्। चीनमा ८१ हजार बढी संक्रमित छन् भने इटालीमा ७४ हजार बढी संक्रमित छन्।
पछिल्लो समय चीनमा संक्रमण रोकिएको छ भने इटालीमा भने संक्रमितको संख्या ७४ हजार बढीमा देखिएको छ भने ७ हजार पाँच सय ३ जनाको मृत्यु भइसकेको छ।
त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मुलुकमा स्पेन दोश्रो नम्बरमा पुगेको छ। त्यहाँ हालसम्म ३६ सय बढीको मृत्यु भइसकेको छ।
चीन, इटाली र अमेरिकापछि स्पेन, फ्रान्स र इरान, जर्मनी कोरोनाभाइरसको संक्रमणबाट हाल सबैभन्दा बढी प्रभावित मुलुक हुन्।
यसैगरी कुल संक्रमितमध्ये १ लाख १४ हजार ६ सय ४२ जना निको भएर घर फर्किएका छन् भने मृतकको संख्या २१ हजार २ सय ९५ जना मृत्यु भइसकेको छ।