लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आइतबार उद्धार गरेको छ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हिमाली पदयात्रामा रसुवा पुगेका पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको छ।
लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रलियाली पर्यटकलाई उद्धार गरी सडक मार्गबाट काठमाडौँ जाने अनुमति दिएको बताइएको छ।
एक हप्ताअघि ती पर्यटक रसुवा पुगी हिमाली पदयात्रा गर्दैगर्दा लकडाउनका कारण रोकिएको प्रहरीले बताएको छ।
(रासस)